Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

निरा पाण्डको हत्या अभियुक्त सार्वजनिक, पसलकै हतियार प्रयोग गरेर हत्या


काठमाडाैँको कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्या आरोपित सार्वजनिक भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका बिनोद विकलाई सार्वजनिक गरेको हो ।

ब्युरोले दिएको जानकारी अनुसार विकले निराको पसलमा नै भएको हतियार प्रयोग गरेको पाइएको छ । आरोपितले हत्या गरी पसलमा भएको १०००-१२०० रूपैयाँ र निराले लगाएको सुनको सिक्री लुटेका थिए । उनले लुटेर बिक्री गरेको सिक्री समेत प्रहरीले बरामद गरेको छ ।

आरोपित विक हत्या गरिसकेपछि सफा टेम्पो चढेर चाबहिलसम्म गएको र त्यहाँबाट मोटरसाइकल प्रयोग गरी भक्तपुर लोकन्थली गएको पाइएको छ। त्यसको भोलिपल्ट उनी झापा गएका थिए ।

अनुसन्धानमा खटिएको प्रहरीको टोलीले शनिबार राती करिब १० बजे झापामा साथिको कोठामा लुकिराखेको अवस्थामा विकलाई पक्राउ गरि काठमाडाैँ ल्याएको हो ।

अनुसन्धान ब्युरोले थप अनुसन्धान गर्दै जाने र थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने बताएको छ। अहिलेसम्मको अनुसन्धानले हत्या प्रकरणमा उनी एक जना मात्रै संलग्न रहेको पाइएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?