Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

निरा पाण्डको हत्या अभियुक्त सार्वजनिक, पसलकै हतियार प्रयोग गरेर हत्या


काठमाडाैँको कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्या आरोपित सार्वजनिक भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका बिनोद विकलाई सार्वजनिक गरेको हो ।

ब्युरोले दिएको जानकारी अनुसार विकले निराको पसलमा नै भएको हतियार प्रयोग गरेको पाइएको छ । आरोपितले हत्या गरी पसलमा भएको १०००-१२०० रूपैयाँ र निराले लगाएको सुनको सिक्री लुटेका थिए । उनले लुटेर बिक्री गरेको सिक्री समेत प्रहरीले बरामद गरेको छ ।

आरोपित विक हत्या गरिसकेपछि सफा टेम्पो चढेर चाबहिलसम्म गएको र त्यहाँबाट मोटरसाइकल प्रयोग गरी भक्तपुर लोकन्थली गएको पाइएको छ। त्यसको भोलिपल्ट उनी झापा गएका थिए ।

अनुसन्धानमा खटिएको प्रहरीको टोलीले शनिबार राती करिब १० बजे झापामा साथिको कोठामा लुकिराखेको अवस्थामा विकलाई पक्राउ गरि काठमाडाैँ ल्याएको हो ।

अनुसन्धान ब्युरोले थप अनुसन्धान गर्दै जाने र थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने बताएको छ। अहिलेसम्मको अनुसन्धानले हत्या प्रकरणमा उनी एक जना मात्रै संलग्न रहेको पाइएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?