Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग


अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो ।

रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको हो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोका मार्फत केन्द्रका प्रमुख डाक्टर विजय शर्मालाई औजार हस्तान्तरण गर्नुभएको थियो । लायन्स क्लबका एरिया कोअर्डिनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सिल अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेलले उपकरण हस्तान्तरण गर्नुभएको थियो । प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डाक्टर शर्माले बताउनुभयो । प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिँदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहजरुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरवाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताउनुभयो । क्लबले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागि सहयोगी हुने अध्यक्ष गर्बुजाले बताउनुभयो ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?