Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव


१६ वैशाख ,दोधारा चाँदनी। सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गरे ।

महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिए ।

उनले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताए । “महोत्सवमा मानवअधिकार प्रवद्र्धनमा चलचित्रको भूमिकालाई कसरी बुझ्ने शीर्षकमा छलफल हुनेछ”, डा जोलीले भने, “यसको उद्देश्य आम मानिसमा उनीहरुको अधिकारबारे चेतना अभिवृद्धि गर्ने रहेको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले चलचित्र महोत्सवले मनोरञ्जनका साथै मानवअधिकारसँग सम्बन्धित सन्देश प्राप्त हुने बताए । “महोत्सवमा प्रदर्शन गरिने चलचित्रले मनोरञ्जनका साथै चेतना अभिवृद्धि हुनेछ”, उनले भने, “सन्देश प्रवाह गर्ने भएकाले पनि यो महोत्सव महत्वपूर्ण छ, यसको सदुपयोग गर्न जरुरी छ ।”

महोत्सवमा एनी डे नाउ र अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ अम्बर (आयरल्यान्ड, बेलायत) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड) प्रदर्शन हुनेछन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?