Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘कौवा मेरो सेलपुरी खा’


आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन अवस्थीका अनुसार माघ १ गतेका दिन बिहानै घरका सबै सदस्यले नुहाएर घरका केटाकेटीले बिहानै कागलाई बोलाउने गरिन्छ । “ कौवाका मेरो सेलपुरी खा !” भन्दै घरको धुरीमा सेलपुरी राखेर कागलाई रोटी खान बोलाउने परम्परा रहिआएको उहाँले बताउनुभयो ।

“पुस मसान्तमा पकाएको मीठो परिकार सुरुमा पाकेको कागलाई छुट्याइन्छ”, उहाँले भन्नुभयो, “बिहानै उठेर साँझ राखेको सेलरोटी घरको छतमा राखेर कागलाई खान बोलाइन्छ ।” उहाँका अनुसार भगवान रामले कागलाई तिहार दिएको हुनाले यो दिन कागलाई बोलाएर मिठो मसिनो खानेकुरा दिने गरिन्छ । नरहरि पर्वलाई सुदूरपश्चिममा महत्वका साथ हेरिन्छ । “यही पर्वमा पाकेको परिकारलाई पुसको पाक्य माघको खाक्य भनेर पनि भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यस दिन छोरीलाई पनि माइतमा बोलाएर मीठो–मसिनो खुवाउने चलन छ ।” प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले नरहरि पर्व सुदूरपश्चिमेलीहरूको प्रमुख पर्व भएको बताउनुभयो । “विषेशगरी यो पर्वमा कागलाई बोलाएर रोटी खान दिने चलन हो”, उहाँले भन्नुभयोे, “नरहरिकै अवसरमा छोरीलाई माइतमा बोलाइन्छ सबै आफन्त एकापसमा भेला भएर मौलिक खानाका परिकार र कन्दमूलहरू खाने परम्परा छ ।” विशेषगरी नरहरिमा तरुल, तिल र सखरका परिकार खाने गरिन्छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई ऊर्जा दिने भएकाले कन्दमुल खाने गरिन्छ । माघ महिनालाई महात्म्य महिनाका रूपमा मनाउने चलनअनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरि पर्वका रूपमा मनाउने चलन रहेको पण्डित विष्णुदत्त पन्तले बताउनुभयो । उहाँले माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्वका दिन विभिन्न नदीनाला र धामहरूमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेका बताउनुभयो । सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने जनविश्वास रहिआएको छ ।

नेपालमा बहुल जाति र समुदायको बाहुल्य रहेकाले विभिन्न जात र समुदायका मानिसले भिन्न तरिकाले यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ । “यो पर्व थारू समुदायले नयाँ वर्ष अर्थात् माघी धनेर मनाउँछन् अन्य समुदायले नरहरि मनाउँछन्”, उहाँले भन्नुभयो, “नरहरिमा सुदूरपश्चिमका धार्मिकस्थलमा घुइँचो लाग्ने गर्छ ।” आज बिहानैदेखि कञ्चनपुरमा महाकाली नदी किनारका घाटहरू, कैलालीको गोदावरी धाम, डडेल्धुराको परशुराम धाम र कैलालीको हरिहरघाटलगायत यहाँका विभिन्न धार्मिकस्थलमा गएर स्नानका साथै पूजाआजा गर्नेको भीड लागेको छ ।


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?