Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

घट्यो शेयर बजार


१३ वैशाख, काठमाडाैँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ ।

आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ११, फ्लोट इन्डेक्स एक दशमलव ०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक ५० दशमलव ९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह सात दशमलव ६७, विकास बैंक समूह ३५ दशमलव ९२, वित्त समूह १२ दशमलव ७५, होटल तथा पर्यटन समूह ४६ दशमलव ९० र जलविद्युत् समूह २० दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन समूह ३४ दशमलव ७२, लघुवित्त समूह २० दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार समूह छ दशमलव ५८ र अन्य समूह पाँच दशमलव ४५ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्य नौ दशमलव १२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू सात करोड एक लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार नौ सय ३० कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?