Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न


१२ वैशाख ,काठमाडौँ । नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ ।

आज काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए ।

बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिईन ।

यसैबीच, आपूर्तिमन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?