Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट


१० वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

जीवन बीमा समूहको आज उपसूचक एक सय १८ दशमलव ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ दशमलव ९८ अङ्कले घटेको छ । बैँकिङ समूह १६ दशमलव ७१, वित्त समूह ३२ दशमलव ३०, जलविद्युत् समूह २७ दशमलव ९४, लगानी समूह शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ३९ अङ्कले घटेको छ ।

त्यसैगरी लघुवित्त समूह २९ दशमलवशुन्य आठ, म्युर्चुअल फन्ड शून्य दशमलव शुन्य एक, निर्जीवन बीमा समूह २९ दशमलव ५४, व्यापार समूह ३१ दशमलव २३ र अन्य समूह एक दशमलव ९९ अङ्कले घटेको छ । नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको रू तीन करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?