Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण


६ वैशाख, गोरखा । वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख डिभिजन वन अृधिकत अशोककुमार श्रेष्ठले जानकारी दिए ।

“चालु आर्थिक वर्षको कार्यक्रमबाट छ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भइसकेको छ”, उनले भने, “थप चार सामुदायिक वनमा अहिले पोखरी निर्माणको काम भइरहेको छ ।” उनले गएको आर्थिक वर्ष २०७८÷७९ मा छवटा र त्यसभन्दा अघिसमेत नमूनाका रूपमा चारवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको जानकारी दिए ।

सामुदायिक वनमा करिब नौ मिटर लम्बाइ, चार मिटर चौडाइ र एक मिटर गहिराइको पोखरी निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । कार्यालयले सामुदायिक वनसँगको लागत साझेदारी पोखरी निर्माण गरेको उनले बताए । कार्यालयको तर्फबाट छनोटमा परेका सामुदायिक वनलाई रु एक लाख उपलब्ध गराउने र सामुदायिक वनले त्यसको २० प्रतिशत लागत साझेदारीमा पोखरी निर्माण गर्ने गरी कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिएको उनले भनाइ छ ।

पोखरी निर्माणले जङ्गलमा पानी स्रोतलाई समेत जगर्ने हुने भएकाले पनि कार्यक्रम प्रभावकारी बनेको उनले बताए । “पोखरी निर्माणपछि एकातर्फ जङ्गली जनावरलाई पानीको अभाव हुन पाउँदैन भने अर्कातिर पानीको स्रोत जोगाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्छ, प्रमुख श्रेष्ठले भने, “वनको बीचमा पोखरी भएपछि डढेलो नियन्त्रणका लागि समेत सजिलो हुन्छ ।”

कार्यालयले पोखरी निर्माणका लागि प्रस्ताव माग गरेर सामुदायिक वन छनोट गरेको उनको भनाइ छ । “हामीले प्रस्ताव आह्वान गरेपछि निवेदन परेकामध्ये मापदण्ड पूरा भएका १० साुमदायिक वनलाई छनोट गरी कार्यक्रम अघि बढाएका हौँ”, उनले भने, “पानीको स्रोत, जमिनको अवस्थालगायतका सबै मापदण्ड पुग्ने÷नपुग्ने प्राविधिकले अनुगमन गरेपछि सम्झौता गरेर पोखरी निर्माण थालिएको हो ।”

वनमा निर्माण गरिएका पोखरीको स्थलगत अनुगमनका क्रममा जङ्गली जनावरको पाइला भेटिएको साथै जनावरले पोखरीको प्रयोग गरेको पाइएकाले पोखरी निर्माण प्रभावकारी भएको उनको भनाइ छ । “अघिल्ला वर्षमा नमूनाका रूपमा सामुदायिक वनमा पोखरी निर्माण गरेपछि कार्यक्रम राम्रो र प्रभाकारी भएको निष्कर्षसहित गएको आर्थिक वर्षदेखि भने कार्यालयले प्राथामिकतामा राखेर यो कार्यक्रमलाई अगाडि बढाएको छ”, उनले भने, “आगामी आवका लागि हामीले यहीँ कार्यक्रमलाई प्रस्ताव गरेका छौँ ।”


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?