Trending
>>   अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा अग्रज पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान >>   नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट >>   नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै >>   नेपाल आउने विदेशीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड >>   काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार >>   देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला >>   कुलमान घिसिङको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु) >>   १५ वर्षपछि डच स्केभेनिङ्गेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए >>   गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि मिसिएका हुन् : माधव… >>   वन डढेलो नियन्त्रणका लागि सरकारसँग दमकल बाहेक अन्य कुनै विकल्प छैन : वन मन्त्री ठकुरी
Logo
२४ चैत्र २०८१, आईतवार
२४ चैत्र २०८१, आईतवार

‘निर्मलाले न्याय पाउने आशा जाग्यो’


बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका लागि सिंह नेतृत्वको टोली कञ्चनपुर पठाइएको छ ।

पछिल्लो समय सेलाउँदै गएको निर्मला प्रकरण फेरि चर्चामा आएको छ । विसं २०७५ साउन १० मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । यस्तो जघन्य अपराध भएको चार वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुनसकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस् तथ्य पत्ता लगाउन सकेको छैन । पछिल्लो पटक फेरि नयाँ शिराबाट अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको आमा दुर्गादेवीले बताउनुभयो । “यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौंँ, अहिले नयाँ टोली अनुसन्धानका लागि आएको सुनेकी छुँ”, उहाँले भन्नुभयो, “अहिले न्याय पाउने आशा पलाएको छ ।”

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलालाई न्याय दिन ढिलाइ गर्न नहुने अधिकारकर्मी माया नेगीले बताउनुभयो । “निर्मला प्रकरण सबैको चासोको विषय हो, निर्मलाले न्याय पाउनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?