Trending
>>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा >>   आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली >>   विश्वप्रकाश शर्माबारे जितजंग बस्नेत–‘तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ’ >>   मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा >>   एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत >>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा


काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बएका छन् ।

शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताएका छन् । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताएका छन् । उनले काँग्रेस धेरै शहीदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गर्दै शहीदको रगतले भिजेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने जिकिर गरेका छन् । देउवाले आफूलाई अब केही बन्नु नरहेको भन्दै पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्नु नै आफ्नो कर्तव्य भएको बताएका छन् ।

देउवाले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन । तर पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्नु मेरो कर्तव्य हो । जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बन्ने अवसर दियो, त्यो पार्टीप्रति मेरो जिम्मेवारी र समर्पण पनि उत्तिकै हुनुपर्छ । यो पार्टी कुनै व्यक्तिले बनाएको होइन । हजारौँ नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट निर्माण भएको पार्टी हो । यसका लागि धेरै साथीहरूले आफ्नो जीवन बलिदान दिएका छन् । यो शहीदहरूको रगत र समर्पणले बनेको पार्टी हो । त्यसैले शहीदहरूको सपना, कार्यकर्ताको त्याग र जनताको विश्वासबाट बनेको यस पार्टीलाई कसैले आफ्नो नियन्त्रणमा राख्न सक्दैन । कसैले चाहँदैमा पार्टीको इतिहास, विचार र अस्तित्व समाप्त गर्न सक्दैन ।’

देउवाले पार्टीको इतिहास, योगदान र बलिदानको सम्मान गर्दै काँग्रेसको संरक्षण र एकताका लागि सबैले लाग्नुपर्ने सन्देश दिएका छन् ।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?