Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

भन्सुन लगाएर नेपाल राष्ट्र बैंकमा जागिर पाइँदैन : पूर्वगभर्नर नेपाल


२ वैशाख, काठमाडाैँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दाबी गरेका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहनु भएका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन् । उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्त्व आफूले नदेखेको पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘मेरो सोर्स चाहिन्छ । सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईंहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो । त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिदैन । क्षमतालाई आफैंले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढि जानेको छस भन्ने हुँदै हुँदैन । आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो । भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग गर्‍यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग गर्‍यो, त्यति फाइदा हुन्छ । जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ । मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयोे । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन । व्यापार गर्नलाई त सबैभन्दा बढि पढनु पर्छ ।’


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?