Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

भन्सुन लगाएर नेपाल राष्ट्र बैंकमा जागिर पाइँदैन : पूर्वगभर्नर नेपाल


२ वैशाख, काठमाडाैँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दाबी गरेका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहनु भएका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन् । उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्त्व आफूले नदेखेको पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘मेरो सोर्स चाहिन्छ । सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईंहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो । त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिदैन । क्षमतालाई आफैंले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढि जानेको छस भन्ने हुँदै हुँदैन । आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो । भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग गर्‍यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग गर्‍यो, त्यति फाइदा हुन्छ । जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ । मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयोे । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन । व्यापार गर्नलाई त सबैभन्दा बढि पढनु पर्छ ।’


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?