Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी


काठमाडौँ।नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् । जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताएका हुन् । नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गरेका छन् । शासन सञ्चालनका सन्दर्भमा सरकारले प्रदर्शन गरेको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले बदलाको भावनाले राजनीति नगर्न चेतावनी दिएका छन् । सरकारले पूर्वाग्रह राखेर अभियोग लगाउने तर अदालतले सफाइ दिने क्रम बढेको बताए । नेता निधीले संघीयता कार्यान्वयनको पक्षमा समेत सरकार गम्भीर नभएको बताएका छन् । प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दुःखद् भएको उनको भनाइ छ । नेता निधीले भने, ‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको सबैभन्दा ठूलो माध्यम संसद हो । संसदलाई महत्त्व नदिनु र जवाफदेहिताबाट पन्छिनुले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ । अदालतले दोषी नदेख्ने तर सरकारले पक्राउ गरिरहने प्रवृत्तिले सरकारको काममा त्रुटी र कमजोरी रहेको पुष्टि गर्छ । बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन । प्रदेशको मातहतमा आफ्नै प्रहरी र कर्मचारी हुनुपर्नेमा वर्तमान सरकारले त्यसतर्फ ध्यान दिएको छैन । दुई तिहाइको बल छ भन्ने दलहरूले नै प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर भइरहेको छ ।’ पार्टीको आन्तरिक मामिला र आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै निधीले पार्टी एकता र विधि विधानको पालनामा जोड दिएका छन् । कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । पार्टी एकताका लागि महाधिवेशनलाई उपयोग गर्नुपर्ने र कार्यकर्ताहरूलाई गाउँ तथा वडा तहसम्म पुगेर संगठन सुदृढीकरणमा लाग्न उनले निर्देशन दिएका छन् ।

काठमाडौँ।नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताएका हुन् । नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गरेका छन् । शासन सञ्चालनका सन्दर्भमा सरकारले प्रदर्शन गरेको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले बदलाको भावनाले राजनीति नगर्न चेतावनी दिएका छन् । सरकारले पूर्वाग्रह राखेर अभियोग लगाउने तर अदालतले सफाइ दिने क्रम बढेको बताए । नेता निधीले संघीयता कार्यान्वयनको पक्षमा समेत सरकार गम्भीर नभएको बताएका छन् । प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दुःखद् भएको उनको भनाइ छ ।

नेता निधीले भने, ‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको सबैभन्दा ठूलो माध्यम संसद हो । संसदलाई महत्त्व नदिनु र जवाफदेहिताबाट पन्छिनुले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ । अदालतले दोषी नदेख्ने तर सरकारले पक्राउ गरिरहने प्रवृत्तिले सरकारको काममा त्रुटी र कमजोरी रहेको पुष्टि गर्छ । बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन । प्रदेशको मातहतमा आफ्नै प्रहरी र कर्मचारी हुनुपर्नेमा वर्तमान सरकारले त्यसतर्फ ध्यान दिएको छैन । दुई तिहाइको बल छ भन्ने दलहरूले नै प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर भइरहेको छ ।’

पार्टीको आन्तरिक मामिला र आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै निधीले पार्टी एकता र विधि विधानको पालनामा जोड दिएका छन् । कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । पार्टी एकताका लागि महाधिवेशनलाई उपयोग गर्नुपर्ने र कार्यकर्ताहरूलाई गाउँ तथा वडा तहसम्म पुगेर संगठन सुदृढीकरणमा लाग्न उनले निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?