Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्छः अध्यक्ष अग्रवाल


लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्छः अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् ।

आईतवार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् । अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रचुर भएपनि सही आर्थिक नीतिको कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका छन् । कानूनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाप्रति लक्षित गर्दै उनले संसदबाट पारित भएका कानुनहरूलाई कर्मचारीतन्त्रले नियमावली र कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाएका छन् । चेम्बर र एनआरएनएबीच भएको समझदारीका विषयमा चर्चा गर्दै उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र प्रविधिलाई मुलुकको विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष अग्रवालले भने, ‘हाम्रो प्राकृतिक स्रोत र सम्भावनाका आधारमा नेपाल आज दक्षिण एशियाकै उच्च प्रतिव्यक्ति आय भएको मुलुक हुनुपर्ने थियो, तर नीतिहरू राम्रा भएपनि सरकारको नियत र कार्यान्वयनको पक्ष फितलो हुँदा हामी पछि परेका छौँ । संसदबाट कानून बन्छ, तर पछि मन्त्रिपरिषद्बाट पारित हुने नियमावली र विभागहरूले बनाउने कार्यविधिले मुख्य कानूनको मर्मलाई नै मारिदिन्छन् । कानूनी सुधार मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन आजको मुख्य चुनौती हो । यदि हामीले आगामी दिनमा लगानीमैत्री वातावरण बनाउन सकेनौँ भने स्वदेशी लगानीकर्ताहरू समेत बाहिरिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले साझा लक्ष्यका साथ आर्थिक समृद्धिको दिशामा अघि बढ्नु अनिवार्य छ ।’

अध्यक्ष अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिएका छन् । दुवै संस्थाले नेपालको आर्थिक विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?