📝सागर फुयाल बर्लिन, जर्मनी
सँगै निस्किएका साथीहरू
कहाँ-कहाँ पुगिसके
लक्ष्यका एक-एक शिखर चुमिसके
म यात्रामा निस्किएको रहेछु
नम्बर नमिलेको जुत्ता लगाई
पुग्नुपर्ने ठाँउको कुरा कहाँ हो कहाँ
खुट्टाबाट फुत्त जुत्ता निस्कन्छ कि भनि
पाइलैपिच्छे जुत्तामै ध्यान दिइरहेछु
खुट्टा घिसारी-घिसारी हिँडिरहेछु ॥
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार