Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताउनु भयो । नेता महराले भन्नुभयो,‘नवयुवाहरुको आकांक्षा सम्बोधन हामीले गर्नुपर्दछ । त्यस उद्देश्यका लागि क्रान्तिका नायक प्रचण्डको नेतृत्वमा समाजवादी व्यवस्था सृदृढ गर्नुपर्दछ । तसर्थ निर्वाचनमा हाम्रो पार्टीको चुनाव चिन्ह तारामा मतदान गरी प्रचण्डसहितका हाम्रो पार्टीका सबैलाई जिताउन पनि हार्दिक अपिल गर्दछु ।’ नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पनि बताउनु भयो ।

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ ।

शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताउनु भयो ।

नेता महराले भन्नुभयो,‘नवयुवाहरुको आकांक्षा सम्बोधन हामीले गर्नुपर्दछ । त्यस उद्देश्यका लागि क्रान्तिका नायक प्रचण्डको नेतृत्वमा समाजवादी व्यवस्था सृदृढ गर्नुपर्दछ । तसर्थ निर्वाचनमा हाम्रो पार्टीको चुनाव चिन्ह तारामा मतदान गरी प्रचण्डसहितका हाम्रो पार्टीका सबैलाई जिताउन पनि हार्दिक अपिल गर्दछु ।’

नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पनि बताउनु भयो ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?