Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त


महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ ।

दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती पुग्दै थिए । विमानमा उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । उनीहरू सबै घाइते भएको जनाइएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भई बाक्लो धुवाँ उडेको र विमानका टुक्रा आसपास छरिएको देखिएको छ । घटनास्थलमा स्थानीय बासिन्दा, उद्धार टोली, एम्बुलेन्स र मेडिकल टोली परिचालित छन् ।

घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरिएको छ भने थप विवरण आउन बाँकी छ ।


प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?