Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?


धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताउनुभएको छ ।

शनिवार काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक मत राखेका नेताहरुलाई पनि समेटेर मूलधारमा ल्याउने बताउनु भयो । उहाँले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गर्नुभयो । विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गर्नुभयो । उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनु भयो । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई कुनैपनि हालतमा चोईटिने, टुक्रिन दिनेकुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौँ । सँगै सबै साथीहरुलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्नेकुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो दिएन भन्नेकुरा गौण हो । सिंगो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो । पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले । परिवारमा दिनदिनै झगडा ग¥यो भने के हुन्छ, त्यो परिवार ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ ? त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न ।’

उहाँले पार्टीमा धेरै विवाद सिर्जना हुँदा पार्टी कमजोर बन्ने र त्यसको फाइदा अरुलाई हुने बताउनु भयो ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?