Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने


शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने

काठमाडौँ। नेपाली काँग्रेस नेता डा. शेखर कोईरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गर्नुभएको छ ।

विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिवार भएको छलफलमा डा. कोईरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिनुभएको हो । छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । आगामी आम निर्वाचनमा पार्टीलाई एकतावद्ध रूपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । सहमहामन्त्री परियारकाअनुसार छलफलमा विशेष महाविधेशन पक्षधरका नेता देवराज चालिसेले विशेष महाधिवेशनका सन्दर्भमा धाराणा राख्नुभएको थियो । छलफलमा सहभागी नेताहरुले आगामी निर्वाचनमा काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको परियारले जानकारी दिनुभयो । विशेष महाधिवेशनका पक्षधहरु नेताहरुसँग डा. कोईरालाले परामर्श गर्ने र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेता शेखर कोईरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरुसँग बसेर, उहाँसँग परामर्श गरेर एउटा धाराणा बनाएर हामी अगाडी बढ्ने कुरामा आज छलफल टुंगिएको छ ।’

डा. कोईरालाले डाक्नुभएको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रिय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?