Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते


Massive fire at Swiss bar: 40 dead, 119 injured

एजेन्सी। दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ । क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ ।

वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन बारमा राति शुरु भएको आगलागीमा केही युरोपेली देशहरूले अझै पनि आफ्ना नागरिक हराइरहेको बताएका छन् । स्विस अधिकारीहरूले आगामी दिनमा मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । बिहीवार स्थानीय समयअनुसार बिहान करिव १ः३० बजे आगलागी शुरु भएको केही मिनेटमै बारमा खतराको सूचना जारी गरिएको थियो ।

स्थानीय प्रहरीकाअनुसार घटनास्थलमा कुल ४१ वटा एम्बुलेन्स, १३ वटा हेलिकप्टर र १५० भन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिएको थियो । स्विस महासंघका राष्ट्रपति गाय पारमेलिनले यो आगलागी देशको इतिहासकै सबैभन्दा खराब त्रासदीमध्ये एक भएको बताउनु भयो । ले कन्स्टेलेसन बार लक्जरी रिसोर्टका अन्य ठाउँहरूको तुलनामा सस्तो भएकाले आगलागीमा मृत्यु हुने र घाइते हुनेमा अधिकांश युवाहरू रहेका छन् । घाइतेहरूलाई शुरुमा वालेस क्यान्टनको राजधानी सियोनका साथै लाउजेन, जुरिच र जेनेभाका अस्पतालहरूमा भर्ना गरिएको थियो । पछि केहीलाई विदेशका अस्पतालमा पठाइएको थियो ।

स्विस मिडियाकाअनुसार फ्रान्सको स्ट्रासबर्गमा रहेको काउन्सिल अफ युरोपले ऐक्यवद्धता प्रकट गर्दै स्विस झण्डा आधा झुकाएको छ ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?