Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल


२८ चैत ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन्‌ ।

आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए।

उनले भने, “हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ । केन्द्रमा पनि हामी समेल छौँ । अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुने छौँ ।”

यसैगरी अध्यक्ष नेपालले शिक्षक सङ्गठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अगाडि बढ्नसमेत आग्रह गरे ।

राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने उनको भनाइ थियो । शिक्षकको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने अध्यक्ष नेपालले बताए।

उनले कुनै पनि बालबालिकालाई विद्यालय बाहिर राख्न नहुने र सबैले कम्तीमा पनि १२ कक्षासम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?