Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं


जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं

काठमाडौँ। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरु र जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नागरिक बचाउ अभियान अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत आग्रह गरेका छन् । उनले आफूहरुको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेनजी पुस्ताको समेत समर्थन रहेको पनि बताएका छन् ।

उनले भने, ‘म सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई के भन्छु भने तपाईहरु हामीलाई नजिस्कयाउनुस् । हामीलाई अहिले ६० वटा दलले साथ दिइसकेको छ । चुनाव नगराउने हाम्रो पक्षमा जेनजी भाईहरुको पनि साथ छ । हाम्रा र जेनजीका मागहरु पूरा हुन्छन् भने यो देशमा फेरी चुनाव हुन्छ । नभए चुनाव किन चाहियो ? फेररि तिनै मान्छेलाई ल्याउनलाई ? त्यसकारण फागुन २१ गते चुनाव हुदैन । त्यसको लागि तयारी गर्नु बेकार हो । हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ । यदि यो बीचमा हामीलाई बोलाएर माग पुरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ ।’

उनले कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाहरुको डिजाइनमा बनेको आरोप समेत लगाएका छ ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?