Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन


बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए । युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए । युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् । कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

जनकपुरधाम । बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए । युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए ।

युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् । कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?