Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताउनु भयो । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी उहाँले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’ उहाँले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको बताएका छन्। मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्दै जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताएका छन् । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिएका छन् ।

उनले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’

उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ६ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?