एजेन्सी । इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन ( युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् ।
जसले संकट–व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ अध्यायमा परिवर्तनको संकेत गर्दछ । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बगदादमा आयोजित मिसनको अन्त्यको अवसरमा आयोजित समारोहमा भाग लिएका छन् ।
संयुक्त पत्रकार सम्मेलनको क्रममा अल–सुदानीले जनादेशको समापन इराक र संयुक्त राष्ट्र संघ बीचको साझेदारीको अन्त्यको अर्थ नभएको बताएका छन् । यसले सहयोगको नयाँ अध्यायको शुरुवात भएको उनको भनाइ छ ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार