Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की


काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् ।

जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आईतवार उद्घाटन गर्दै उनले प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको बताएका छन् । उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले भने,‘मूलभुत रुपमा प्रहरीका संरचनाहरु यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ । नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ती सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिन्छु ।’

जेन–जी आन्दोलनको क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?