Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग


गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग

काठमाडौँ। जेन–जी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई गर्न माग गरेको छ ।

युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्त गर्न माग गरेको हो । गभर्नर सम्बन्धी योग्यता र विज्ञता डा. पौडेलसँग नभएकोले बर्खास्त गर्न माग गरिएको जेन–जी युनाईटेडको संयोजक जनक परियारले जानकारी दिएका छन्। गभर्नर नियुक्तिको लागी डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको उनले बताए । राजनीतिक भागबण्डाको आधारमा गभर्नर नियुक्त भएको उनको दाबी छ ।

राजनितिक दलको सदस्य भएको, सानिमा बैकको संस्थापक शेयरधनी भएको, तत्कालिन सरकारले गभर्नर नियुक्तिको लागी गठन गरिएको समितिको सदस्य रहेको र सदस्यबाट राजिनामा दिएर गभर्नर बनेपछि अख्तियारमा उजुरी परेको, सर्वोच्च अदालतमा मुद्धा परेको लगायतका कारण गर्भनर डा पौडेललाई बर्खास्त गर्नुपर्ने जेन–जी युनाईटेडको माग रहेको उनले बताए । राष्ट्र बैकको ऐनअनुसार राजनीतिक दलको सदस्य भएको व्यक्ति गभर्नर हुन पाइँदैन । यस्तै आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा वाणिज्य कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्नेछ । तर डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर, एग्रिकल्चर रिसोर्स ईकोनोमिक्समा विद्यावारिधी गरेका छन् ।

जेन-जी युनाईटेडले अर्थतन्त्र सुधारको लागी लगानीकर्ताको सुरक्षाको प्रत्याभुति दिलाउन, विचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृत रुपमा लिएको व्याज ऋणीहरुलाई फिर्ता गर्न, वैदेशिक ऋणको दुरुपयोग गर्न रोक लगाउन, राजश्व अनुसन्धान र सम्पती शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन पनि अर्थमन्त्रीसँग माग गरेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?