Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल


काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने क्रममा रहेको छ ।

शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवार भृकुटीमण्डपमा शुरु हुन लागेको हो । बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बिहान ९ बजेदेखि केन्द्रिय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो साढे १२ बजे शुरु हुने तयारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ । भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरू आइपुगेका छन् । कतिपय घाम ताप्दै गफ गरिरहेका छन् त कतिपय हलभित्र प्रवेश गरेर आसन ग्रहण गरिरहेका छन् । पार्टीका नेता–कार्यकर्ताबीच नेतृत्व चयन र समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल चलिरहेको देखिन्छ । सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् ।

बन्दसत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेण्डा रहनेछन् ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?