Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य


एजेन्सी । इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन ( युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् ।

जसले संकट–व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ अध्यायमा परिवर्तनको संकेत गर्दछ । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बगदादमा आयोजित मिसनको अन्त्यको अवसरमा आयोजित समारोहमा भाग लिएका छन् ।

संयुक्त पत्रकार सम्मेलनको क्रममा अल–सुदानीले जनादेशको समापन इराक र संयुक्त राष्ट्र संघ बीचको साझेदारीको अन्त्यको अर्थ नभएको बताएका छन् । यसले सहयोगको नयाँ अध्यायको शुरुवात भएको उनको भनाइ छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?