Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल


काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् । संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभुति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पारेका छन् । उनले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसदको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष दाहालले भने,‘लोकतन्त्रको सुन्दर र उन्नत पक्ष भनेको निर्वाचन हो । त्यसमा जनविश्वास र जनचासो अडिएको हुन्छ । अहिले अन्तरिम सरकारको मुख्य काम भनेको आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो । यो निर्वाचन प्रतिनिधि सभा विघटन भएपछि कति आवश्यक र महत्वपूर्ण छ भन्नेकुरा हामी सबैले अनुभुत गरेकै छौँ । यो चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँदलीरहित गराउन सरकारको जति दायित्व छ । सरकारलाई सहयोग गर्न हाम्रो पनि त्यत्तिकै दायित्व हो भन्ने कुरा बुझन उत्तिकै जरुरी छ ।’

अध्यक्ष दाहालले जेनजी आन्दोलनको मुख्य मागको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसदले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताएका छन्।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?