Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् ।

१९ औँ संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पारेका छन् । उनले कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे । मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरुको योगदान उल्लेख्य हुने पनि बताएका छन् ।

उनले भने,‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था रही कानून निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसदको विशेष सहयोगीको रुपमा रहेको संसद सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसदको कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद सेवाको भुमिका महत्वपूर्ण हुन्छ । कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । हामी कानून मन्त्रालयको तर्फबाट पनि एउटा कोशिस थालनी गरेका छौ । कानूनका शब्दहरु, कानूनका भाषाहरु सरल कसरी बनाउने ? त्यसका निमित्त के हुनसक्दछ भन्ने कुरोका अध्ययन अहिले भइरहेको छ । यसका लागि कानून निर्माण गर्ने संस्था संसदको भुमिका पनि अहम रहन्छ । यसका यहाँहरुको त विशेष भूमिका रहन्छ । संसदको भुमिकालाई प्रभावकारी बनाउन संसद सेवा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ ।’

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताएका छन्।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?