Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली


काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पारेका छन् ।

शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारेका छन् । देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाएका छन् । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरेका छन् । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाउँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्थामा ल्याउँछौँ । अहिले तपाईंहरुले हेर्नुभएको होला, सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ, देखाइएको छ, सरकार के हेरेर बसेको छ । के गर्दैछ ?’

अध्यक्ष ओलीले सरकार यिनीहरुमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरु गरेर धाक लगाइरहेको बताएका छन् । सरकारका कर्तव्यहरु केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरुले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?