Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल


काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरुसँग छलफल गरेका ।

अध्यक्ष दाहालले बिहीवार छलफल गर्नुभएको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिएका छन्। अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गर्नुभएको कुरा जानकारी गराउनुभएको उनले बताएका छन् । उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुले गर्ने काम नियमित रुपमा गर्न निर्देशन दिएको पनि जानकारी दिएका छन् । समितिले जेनएनजी आन्दोलनमा भएका क्षति, घाईते, चाडपर्वमा हुने मंहगी लगायतको अनुगमन गर्ने पनि बताउनु भयो । प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘राष्ट्रिय सभा स्थायी सदन भएकोले समितिको नियमित कामहरु जुन छन् । जस्तो वार्षिक प्रतिवेदनका कुराहरु छ, समिक्षाका कुराहरु छन् । त्यसपछि हाम्रो कार्यक्षेत्र अन्तर्गत चाहीँ अहिले भएको जुन एउटा चाहीँ संरचनाहरको ध्वस्त भएका, व्यक्तिगत घरहरु ध्वस्त भएकको छ, त्यो चाहीँ सरकारलाई तथ्यगत तथ्याङ्कहरु के हुन्छ ? जुन जेनजी पुस्ताहरु जुन आन्दोलनमा परेका छन्, उनीहरुलाई राहतको कुराहरु, क्षतिपूर्तीका कुराहरु, औषधि उपचारका कुराहरु, तीन सय भन्दा बढी चाहीँ अस्पतालमा भर्ना भएका छन् । उहाँहरुलाई चाहीँ अलिकति अनुगमन गर्ने सरकारलाई निर्देश गर्ने । त्यो उपचार गर्ने कुराहरुमा, राहत दिने कुराहरुका क्षतिपूर्ती दिने कुराहरुमा र अर्को भौतिक संरचनाको चाहीँ तथ्यगत तथ्याङक के हो ? अनुसन्धान गरेर लिएर आएर त्यसमा चाँही हेर्ने र अर्को समन्वय, सहकार्य गर्ने । यतिखेर प्रतिनिधि सभा नभएको हुनाले राष्ट्रिय सभा भएको हुनाले राष्ट्रिय सभाले सरकारलाई सहयोग पु¥याउने र संविधानलाई चाँही जति संविधानलाई कार्यन्वयन गर्ने कुराहरु छ, प्रदेश छ, स्थानिय तह छ, राष्ट्रिय सभा छ । केही नियमित कामहरु गर्ने र अर्को चाडपर्व नजिकै आएको हुनाले चाडपर्वको मुखमा जस्तो मंहगी, मूल्य जुन बढेको छ । समितिले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने भन्ने कुरा भएको छ ।’

संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोईरालाले राष्ट्रिय सभा अन्र्तगतका चार वटा विषयगत समितिहरु हाल सक्रिय अवस्थामा रहेको जानकारी दिएका छन् । विशेष परिस्थितिमार्फत चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्र्ने भन्ने बारेमा छलफल भएको उनले बताए । चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उनको भनाई छ ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?