Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे


काठमाडौँ।नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रिकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नविकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उनको सदस्यता नविकरण हुन नसक्ने निर्णय गरेको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ । तर कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नविकरण हुनुपर्ने माग गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताको रुपमा आफूलाई प्रचार गर्दै आएकी छिन् । सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताएका छन् । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ ।

उनले भने, ‘आउने महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ । विधान महाधिवेशनभित्र कुरा उठ्नेछ । पार्टीका डकुमेण्टहरु पहिला नै आउने र छलफल गर्ने र सहमति भए सहमति हुन्छन्, भिन्न मत राख्न चाहनेका लागि भिन्न मत राख्ने वा कतिपय छलफलको कोर्षमा दिएका सल्लाहरु समेटिएपछि ति कुराहरु मान्ने भन्ने हुन्छ । नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेका छैन । राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ भनेको छ । यि तीन कुरा बाहेक कुनै पार्टीमा लाग वा नलाग भनेर संविधानले भनेको छैन । संविधानले रोक्दै नरोकेको पार्टीमा लाग्न नपाउने भन्ने व्यवस्था अनि संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ र ? संविधानले रोकेको छैन । डेमोक्रेटिक राइटलाई उल्लंघन गर्ने काम कुनैपनि राजनीतिक दलले गर्न मिल्दैन ।’

लोकतान्त्रिक अधिकारलाई उल्लंघन गर्नेकुरा कुनै राजनीतिक दलहरुले गर्न नहुने पनि उनले स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?