Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

एनआरएनहरुले नेपालको सम्पती बेचेर विदेशमा लैजान हुन्नः पूर्वअध्यक्ष आचार्य


काठमाडौँ। गैरआवसिय नेपाल संघका एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनहरुलाई दोहोरो नागरिकता दिएपछि सम्पती बेचेर लैजाने गरेको आरोप लाग्ने गरेको बताउएका छन् ।

गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो आरोप लागेपनि एनआरएनहरुलाई नागरिकता दिने हो भने सम्पती बेचेर नजाने स्पष्ट पारे । उनकाअनुसार एनआरएनहरुले अझै पनि सहजै नागरिकता नपाउँदा सम्पती बेचेर जानुपर्ने अवस्था रहेको छ । त्यसको अन्त्यका लागि सरकारले सहजै गैरआवसिय नेपालीहरुलाई नागरिकताको प्रवन्ध गर्नुपर्ने उनले बताए । जन्मुभूमिको माटो बेचेर संसारभर रहेका नेपालीले सम्पती विदेशमा लैजान पनि नहुने आचार्यको भनाइ रहेको छ । उनले विदेशमा रहेका नेपालीहरुले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने समेत बताएका छन् ।

पूर्वअध्यक्ष आचार्यले,‘जन्मभूमिको माटो बेचेर विदेशी भूमिमा नलगदिनुस् । हामीले जतिसकिन्छ नेपालमै लगानी गरौँ । देशमा जस्तो अवस्था भएपनि एनआरएनहरुले गरेको लगानी राम्रै भएका छन् । त्यस्तो नराम्रो केही भएको छैन् । मातृभूमिको माटो बेच्नु हुँदैन मेरो सबैमा अनुरोध यही छ ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी कार्यक्रम र गतिविधि सहज बनाउन आवश्यक सहयोगस्वरूप नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।


प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?