Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदै


काठमाडौँ। आज गणेश चतुर्थी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चतुर्थी मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वासअनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन् ।

कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तिजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ । हिजो व्रत बसेका महिलाहरुले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यस दिन कसैको हानी नोक्शानी पु¥याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तिज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् ।

आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?