Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने बताए । उनले संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उनको तर्क छ ।

उनले भने, ‘सात वटा सहमति यो सरकारको मुख्य आधार हो । त्यसका पहिलो बुँदामा हामीले राजनीतिक स्थायीतवका निम्ति संविधान संशोधन गर्छौं भनेका छौं । हामीले सिन्का पनि भाँचेका छैनौं । अहिले हामी राष्ट्रिय सभामा निर्वाचन गरेर बहुमत आएपछि गर्छौं भनिरहेका छौं । त्यस्तो भन्न पाउँछौं ? हामीसँग त्यो अधिकार नै छैन । हामीसँग संविधान संशोधन गर्नको लागि संख्या पुग्दैन । पछि समझदारी बन्न नसक्ला त्यो त्यतिबेलाको कुरा हो । तर योतर्फ हामीले कदम अगाडि बढाउनु पर्दैन ? हामीले नबढाउँदै गर्दाखेरी अहिले हामीलाई गिज्याउने अवस्था बनेको छैन ? तिमीले के गर्यौ भनेर हामीले गाली राइराख्नुपरेको छ । हामीले जिम्मा लिएको कुरा हामीले गर्नुपर्दैन ? अब संविधान संशोधनको लागि प्रतिपक्षी दललाई समेत जोडेर अगाडि बढौं । हामी यो वाचा गरेर आएका छौं यो हामीले गर्नैपर्छ । लोकतन्त्रमा जनतासँग गरेका वाचालाई हामीले अनदेखा गर्न पाउँदैनौं ।’

दुई प्रमुख दलहरुको समिकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उहाँले सुधारको आवश्यकता औंल्याएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?