Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गरेका हुन्। बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो । सोही क्रममा बोल्दै प्रमुख सचेतक घिमिरेले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताएका छन् । विधेयक रोक्ने कुनियतका रुपमा अपव्याख्या गर्ने काम भएको उनको भनाइ छ । त्यसमा आफ्नो कुनै आपत्ति नरहेको उनले बताएका छन् ।

उनले भने,‘मलाई त यतिसम्म आरोप लगाइयो की, यो विधेयकै रोक्न आएको हो । कसैको निजी इन्ट्रेस्टमा विधेयक रोक्न आयो भन्नेसम्मको आरोप यो समितिमा खपेको मान्छे हुँ म । समितिको सदस्यले समितिमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्ने कुनियतको ढंगले साथीहरुले परिभाषित गर्नुभयो । त्यसमा पनि मेरो केही आपत्ति छैन । म उहाँहरुको धारणालाई सम्मान नै गर्दछु ।’

प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको बताए आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताउदै उनले आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?