Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता


-खड्गबहादुर श्रेष्ठ 

(पूर्व सहायक प्रमुख जिल्ला अधिकारी,काठमाडौ तथा प्रशासन बिज्ञ,बुढानीलकण्ठ नगरपालिका, काठमाडौ )

हरितालिका तीज पर्वको सामान्य परिचय:

हरितालिका तीज नेपालमा महिलाहरुले परापूर्व कालदेखी मनाउँदै आएको महान पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तिज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमीलाई  पनि तीजकै अङ्गको रूपमा लिइन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन हुँदा पनि उनको तपस्या सफल हुननसक्दा भगवान् विष्णुको प्रार्थना गरे पछि विष्णुले भगवान् शिवलाई प्राप्त गर्नको लागी व्रत, उपासना तथा पूजा गर्ने सम्बन्धमा सल्लाह दिए अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । उक्त दिन पार्वतीले हरिको सल्लाह अनुसार पूजा-आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी हुदा यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पठाइएकी छोरीचेलीलाई यस पर्ब मान्न माइत ल्याउने चलन छ भने अविवाहित छोरीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्नसकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन्।विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताकालागि व्रत बसि पूजा-आराधना गर्छन् ।

तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बस्नु पर्ने हुनाले अघिल्लो दिनको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तीजको दिनमा नुवाई धुवाई गरि पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्ने महिलासंग भगवान् शिव खुसी भै परिवारमा सुखसमद्दि प्रदान गर्ने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिव मन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि एनाचगान गर्ने चलन प्राचिन काल दर्खी नै चल्दै आएको हो । यस दिन बिबाहित तथा अबिवाहित महिलाहरू गच्छे अनुसार राता लुगा र गर-गहनामा सजिएर पूजापाठ तथा नाचगानमा सरिक हुन्छन् । महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलफुल सेवन गर्छन् ।

हिन्दुहरुको पवित्र पर्व तीज किन विकृत हुदैछ ?

पवित्र हिन्दु नारीहरूको पर्व तीज हालका वर्षहरूमा समाजमा क्रमश विकृत बन्दै गएको भन्ने आरोप वा चिन्ता उठ्ने गरेको छ। तिथी अनुसार निश्चत दिनमा वर्त वसेर मनाउनु पर्ने महान पर्व तीज मूलतः आध्यात्मिक, साँस्कृतिक, र धार्मिक महत्व बोकेको पर्व भएता पनि अहिले यो मान्यतामा क्षयिकरण हुन थालेको छ । महिनौं अघि देखि शरिरले धान्नै नसक्ने खानाको परिकार खादै महंगा गरहगना तथा पोशाकमा सजिएर हिजोको तिज पर्वलाई गिजाइरहेको छ । यसको स्वरूप परिवर्तन हुँदै जानुका पछाडि विभिन्न सामाजिक, सांस्कृतिक, र आर्थिक कारणहरू छन्।यहाँ केहि प्रमुख कारणहरू छन् जसले गर्दा तीज विकृति तर्फ उन्मुख भएको देखिन्छ: महिला सशक्तिकरण, सांस्कृतिक प्रवर्द्धनजस्ता नाम दिएर बजेट छुट्याइन्छ। तर, वास्तविक कार्यक्रम भने लजालु नाचगान, भोजभतेरमै सीमित हुन्छ।

१. भौतिकवाद र प्रदर्शनमुखी संस्कृति:
-आजभोलि तीज पर्व “भव्यता”, “ड्रेसअप”, “फेसबुक/टिकटक/इंस्टाग्राम” पोस्ट, महँगा गहना, मेकअप, र फोटोसेसनमा बढी केन्द्रित हुन थालेको छ।साँस्कृतिक साधना भन्दा पनि आफूलाई अरुभन्दा “राम्रो देखाउने” प्रतिस्पर्धा हावी छ।
२. व्यावसायीकरण:
-होटल,पार्टी प्यालेस, बुटिक, मेहंदी/मेकअप सेवा, इभेन्ट म्यानेजमेन्टहरूले तीजलाई व्यापारिक अवसरको रूपमा लिन थालेका छन्।गायक/सर्जकहरूले पनि तीज गीतलाई मात्र मनोरञ्जनको माध्यम बनाउँदै अश्लील वा हलुका स्तरका गीतहरू निकाल्न थालेका छन्।
३. विषयवस्तुमा विचलन:
-परम्परागत तीज गीतहरूले नारीको पीडा, समाजको यथार्थ र आध्यात्मिक चेतनालाई चित्रण गर्थे। तर अहिलेका गीतहरूमा प्रेम, नृत्य, फेसन, शरीर प्रदर्शन, र फूर्तिकै मात्र कुरा हुने गरेको देखिन्छ।
४. धार्मिक पक्षको उपेक्षा:
-तीजको मूल उद्देश्य व्रत, भगवान शिवको पूजा, आत्मशुद्धि, र पारिवारिक कल्याण हो। तर अहिले व्रतको परम्परा कम हुँदै गएको, र पूजाआजाको सट्टा “पार्टीकै” प्राथमिकता बढ्दै गएको पाइन्छ।
५. समाजमा बढ्दो व्यक्तिवादी सोच:
-तीज सामूहिक उत्सव हो — आमा, दिदीबहिनीहरू बीच आत्मीयता बढाउने अवसर। तर सामाजिक सञ्जालको प्रभावले त्यो आपसी सम्बन्धभन्दा व्यक्तिगत प्रस्तुति महत्वपूर्ण हुन थालेको छ।

निष्कर्ष:
तीज पर्वमा आएको यो विकृति पूर्ण रूपमा नराम्रो भन्ने होइन — समाज परिवर्तनशील हुन्छ, परम्पराहरू पनि समयसँगै परिवर्तित हुन्छन्। आधुनिक तीजले महिलाहरूलाई बाहिर निस्कने, रमाउने, आफ्नो स्वतन्त्रता व्यक्त गर्ने अवसर दिएको छ। तर, परिवर्तन मूल उद्देश्य बिर्सने गरी भएमा त्यो विकृति मानिन्छ। धार्मिकता, सादगी, र वास्तविक संस्कृति हराउँदै गएको छ यसैले, तीजलाई आधुनिक बनाउने नाममा यसको धार्मिक, सांस्कृतिक र सामाजिक सार गुम्न दिनु हुँदैन।

चिन्ताजनक पक्ष:
धार्मिकता, सादगी, र वास्तविक संस्कृति हराउँदै गएको छ — जुन संरक्षण गर्न आवश्यक छ।

सार्वजनिक तहमा मनाइने पर्वहरूमा खर्च हुनु अस्वाभाविक होइन, तर “पर्वको नाममा अनावश्यक, अपारदर्शी, र राजनीतिक स्वार्थबाट प्रेरित खर्च” हुनु दुरुपयोग मानिन्छ। अहिले सोझै तिज कार्यक्रमलाई  सरकारी कोषबाट सोझै बजेट दिनेकाममा परिवर्तन गर्दै बिभीन्न सचेतनामुलका कार्यक्रम वा दिवसको नाममा पैसा स्थानिय नगरपालिकाले दिने र जहा जुन पार्टिका मानिसले जितेको छ उसैका कार्यकर्ताहरुले मात्र रमझम गर्ने अवसर पाइरहेको देखिन्छ । यस्तो कार्य सांस्कृतिक मूल्यमान्यतालाई क्षति पुर्‍याउनुका साथै सार्वजनिक धनको अपमान पनि हो।अन्तमा हाम्रो मौलिक संस्कृतीलाई  जोगाउनको लागी रचनात्मक सुझाव दिन कन्जुस्याई गर्न हुन्न ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?