Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

अराजकता र अनियमितताहरु लाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बुधवार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँगको छलफलमा भाग लिँदै उनले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको बताएका छन् । उनले वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउंदै यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको जिकिर गरेका छन्।

उनले भने, ‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो । यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो । प्रमोट गर्नेकुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिनसक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरुलाई हामीले प्राथमिकता दिन सक्दैनौँ । नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरु तिनीहरुलाई कुनै रुपमा नस्वीकारेको कारण पनि समस्या छ ।’

सांसद साउदले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रुपमा लिन नहुने पनि बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?