Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन्। उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन भइरहेको र उनीहरुको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताएकी छिन् । उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहनुभएको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताएकी छिन् । दुर्गममा जान नमान्ने कर्मचारीहरुको आर्थिक अधिकार कटौति गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको बताइन् ।

मन्त्री न्यौपानेले भनिन्, ‘सरुवामा खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ । प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो । निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य शुरु गरेका छौँ । नमानेपछि हामीले आर्थिक अधिकार कटौति गर्नेसम्मका कामहरु ग¥यौँ । स्ट्रिकली लागू गर्न हामीले काम शुरु गरेका छौँ । राष्ट्रसेवक कर्मचारीहरु कुनै काम नै नगरी सेवामा समर्पित नभइकन तलव लिने खालको स्थिति बन्नुहुँदैन । त्यसका निम्ति कर्मचारी सबै खट्नुपर्छ । सबै सेवामा समर्पित हुनुपर्छ । त्यो संख्याको विवरण संकलन गर्दैछौँ । जो धेरै समयदेखि दुर्गममा हुनुहुन्छ, उहाँहरुलाई न्याय गर्ने र जो धेरै समयदेखि भ्यालिभित्र बसिरहनुभएको छ, उहाँहरुलाई अन्यत्र पठाउनेछौँ ।’

मन्त्री न्यौपानेले दुर्गममा खटाउँदा जान्न भन्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?