Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ—काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले १९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौति दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले आफूहरु सुशासनको पक्षमा रहेको पनि बताएका छन् ।

उनले संसदमा नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुको काम रास्वपाका सांसदहरुमाथि गाली गर्ने मात्रै भएको जिकिर गर्दै उनलेरास्वपा प्रमुख प्रतिपक्ष दल नभएपनि प्रमुख प्रतिपक्ष दललाई झैँ आक्रमण भइरहेको बताएका छन् । एमाले र काँग्रेसका नेताहरुले देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर गाली गर्ने गरेको पनि बताए ।

सांसद खनालले एमाले र काँग्रेसले विदेशमा बसेर अर्बौं रुपैयाँ पठाउने हरेक मानिसलाई दोषी बनाउँदै विदेश जानु अपराध जस्तो गरिरहेको बताएका छन् । अहिले रास्वपाको कार्यवाहक सभापतिले ट्राभल एजेन्सी चलाएर टिकट बेचेछन्, टिकट किनेर मान्छे विदेश गएछन् भन्दै भ्रम फिँजाइरहेको पनि बताए । ट्राभल एजेन्सीले टिकट बेच्दैन भने के बेच्छ त ? उनको प्रश्न छ ।

उनले भने, ‘किन काँग्रेस र एमाले संसदमा हामीलाई मात्रै गाली गर्दछन्, प्रधानमन्त्री,मन्त्री, सांसदहरु अहिले संसदमा हेर्नुभयो भने आज राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै गाली खान्छ, यस्तो देखिँदैछ । आज राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ । तर संख्याको हिसावले त होइन । तर संख्याको हिसावले त होइन । संख्याको हिसावले हामी जम्मा २१ जना सांसद हो । त्यसमाथि रविजीलाई निलम्वित गरिदिएका छन् । एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना । १९ जनामाथि यति गाली बर्सिन्छ । आज मानिलिऔँ सबै देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर काँग्रेस, एमालेका नेताहरु आजकाल हरेक दिन हामीलाई गाली वर्षाउनुहुन्छ । हाम्रो १९ जना देखेर मानिस डराएका होइनन्, हालाँकी १९ जनाले पनि तर्साइ त राखेका छौँ तर उहाँहरुको मना के ढ्याँग्रो पिट्न थाल्यो भने १९ को सट्टा १९० आउने भए यिनीहरु । १९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौधौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला । पाँच पाँच जना व्यक्ति मन्त्री हुँदा पनि घस खायो, भ्रष्टाचार ग¥यो भनेर उठाउन सक्दैन । प्रश्न तँ पनि त विदेश घुम्न गएको थिस् नि । भिजिट भिसा तँलाई नि लागेको थियो नि भन्नेमा प्रश्न उठाइरहेका छन् । हामी तिमीहरुको त घुस खाएको अडियो पो आएको हो त, मन्त्ती पदमा बस्न सुहाउँछ । कानूनी प्रक्रिया पु¥याएर विदेश जान खोजेका मान्छेहरुमाथि तिमीहरु दिनको ५० लाख उठाउँछौँ । आफैँ आफैँमा बाँड्छौ, त्यसको छानविन गर न भन्दा तिम्रा सभापति पनि कुनै दिन विदेश घुमेर आएका थिए भन्छन् । यिनीहरुले आजको दिनमा विदेशमा बसेर अर्बौं रुपैयाँ पठाउने हरेक मानिसलाई दोषी बनाउँदै छन् । किनभने विदेश जानु नै अपराध हो जस्तो भन्दैछन् । हामीले विदेश जानुलाई अपराध भनेको होइन । विदेश जान खोज्दा कानूनी प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगेका मान्छेलाई पनि अनेक बहानामा दिनको ५० देखि ३ करोड खाइरहेका छौ, उठाइरहेका छौ, बाँडिरहेका छौ, त्यसको छानविन गर न, सक्छौँ भने त्यो गर न त, सक्दैनन् । अनि भन्छन्, तिम्रो कार्यवाहक सभापतिले त ट्राभल एजेन्सी चलाएछन् । ट्राभल एजेन्सी चलाएर टिकट बेचेछन् । टिकट किनेर मान्छे विदेश गएछन् । ट्राभल एजेन्सीले टिकट बेच्दैन ? के बेच्छ त ? काम नै त्यही होला त । राज्यको कर तिरेको छ । केही नपाएपछि यस्ता बकम्फुसे कुरामा संसदमा बहस चलाइरहेका छन् । हामी के भन्छौँ, हामी सुशासनको पक्षमा छौँ । हामी भ्रष्टाचारको पक्षमा छौँ । केही कुरा नपुगेपछि रविजीमाथि भएको राजनीतिक षड्यन्त्रको कुरा मैले तपाईंहरुमाझ आज गर्नुपर्दैन । आजसम्म ३५ लाख भन्दा बढी नेपालीले हामीले रवि जीमाथि जे गरिएको छ, राजनीतिक षड्यन्त्र र प्रतिशोध साँध्न गरिएको छ ।’

सांसद खनालले कार्यकर्ताहरुलाई विचलित नभइ अघि बढ्न निर्देशन दिएका छन् । नेताहरुमाथि जति पनि आक्रमण हुन्छ त्यो नेताहरु सफल हुनुको मानक भएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?