Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः राजेन्द्र महतो


काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको उनको भनाइ छ । उनले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभुति गर्न नसकेको टिप्पणी गर्दै अहिलेका शिर्ष तीन नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । उनले मुलुकमा लामो समयदेखि उत्पिडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ती खोजिरहेको टिप्पणी गर्दै सात वटा संविधान निर्माण हुँदापनि एउटै संविधान जनाताको बन्न नसकेको जिकिर गरेका छन् ।

उनले भने, ‘यो देशले क्रान्ती खोजिरहेको छ । यो देशमा उत्पिडन व्याप्त छ । यो आजैदेखि भएको होइन । नेपाल निर्माण हुँदै गर्दा जुन जगमा नेपालको निर्माण भएको हो त्यो जगमा शासन चलाइएन । जुन जगमा नेपालको निर्माण भयो सोही आधारमा शासन चलाउनुपथ्र्यो, संविधान निर्माण हुनुपथ्र्यो । त्यही नभएर नेपालमा समस्या आएको छ । २७० वर्षपहिले नेपाल निर्माण हुँदा काठमाडौंका नेवारहरु त एकता प्रक्रियामा सहभागि थिए । देशका सबे पहिचान मिलेपछि नेपाल एक भएको सत्य हो नि । सबैको कुरा छोडिदिउँ जहानिया रााणा शासनको मात्रै एक सय चा। वर्ष शासन भयो । त्यसपछि राजाहरुको वंशीय शासन चल्यो । तर लोकतन्त्र त हाम्रो आफ्नै शासन भन्या होइन ? ३५ वर्षदेखि यो देशमा लोकतन्त्र चलिरहेको छ ? यो बेलासम्म पनि किन पाएनौं हामीले आफ्नो अधिकार ? यो त पार्टीको शासन भनेको त आफ्नै शासन त हो । यो लोकतन्त्र पनि सबै नेपालीका लागि बन्न सकेन । किनभने यो लोकतन्त्रमा पनि शासनको चरित्र चाँही एकल नश्लीय भइदियो । ओली प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो, देउवा प्रवृत्ति एकल नश्लीय शासन प्रवृत्ति हो । प्रचण्ड प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो । देश एकल होइन अनि शासन चाँही एकल गर्ने ? यो देशको शासन र संविधान र शसन एकल भइदियो । यस्तो पनि हुन्छ । सात वटा संविधान बन्दा पनि एउटै संविधान जनताको लागि बन्दैन ।’

उनले संविधानहरु पटक पटक संशोधन हुँदा समेत जनताको समस्या समाधान गर्न नसकेको पनि टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?