Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः पुर्व अर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।

उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताएका छन् । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरु सबल हुने गरेको बताएका छन् । नेपालमा अनेक बहानामा विदेशीहरुसहित त्यहाँ रहेका नेपालीहरुलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ ।

सांसद महतकाअनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवथापनका लागि करारमा विदेशीहरु आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए । त्यसपछि नेपालीहरुले नै चलाए । त्यसरी नै सरकारी निकायहरुमा विदेशीहरु भित्र्याएर कम्पनीहरुलाई माथि उठाउन सकिने उनको भनाई छ ।

पूर्वअर्थमन्त्री महतले भने,‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरु बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबाँया गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रवन्ध गर्न खोजिरहेका छौँ ।’

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताएका छन् । उनकाअनुसार वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रीन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्वीकार्न उनले प्रश्ताव गरेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?