काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट पठाइएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ।
हिजो गणपूरक संख्या नपुगेका कारण स्थगित भएको बैठकमा साइबर सुरक्षा विधेयकमाथि निर्णयार्थ छलफल हुन सकेको थिएन । आजको बैठकमा उक्त विधेयक टेबल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार