काठमाडौँ। साम्बाला होटलबाट साउन १५ मा पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।
उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ। पटके अभियुक्तलाई थप सजायको पनि माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार