Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न आग्रह गरेका छन् । ०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि काँग्रेसले बनाउने बताउदै उनले दुवै पार्टीको बहुमत आउन नसके काँग्रेस र एमाले मिलेरै सरकार बनाउने जिकिर गरेका छन् । टालाटुली बटुली गरेर सरकार बनाउने काममा दुवै पार्टी नलाग्ने उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्कले काम गर्न सक्नुहुन्छ । पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो । अहिले त्यो समस्या छैन । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ । अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन । मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ । अहिलेको सरकार स्थिर छ । सरकार बनावटको हिसावले दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरु मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो । तपाईंहरु ढुक्कले काम गर्नुस् । सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । आज बिहान आएर मात्रै मलाई एक जनाले भन्योः नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुन भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पु¥याएर ढाल्ने भए भनेर सुनाएको थियो । यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो । यो अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छ, कि एमालेले बनाउँछ, एमालेले बनाएर भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–काँगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन । त्यसपछि पनि त्यही हो । तीन वटा मात्रै विकल्प छन् । एमालेलाई पनि लागेको छ, हामी बहुमत ल्याउँछौँ, ल्याउना बल गर्छौंं, काँग्रेसलाई पनि लागेको छ । बहुमत ल्याउन खोज्छ । दुईको नै आएन भने कोही न कोही सँग त मिल्नैपर्छ । अरु केके कोको भेला गरेर सरकार बनाउँछ भन्ने नठान्नुहोला । मलाई लाग्छ काँग्रेसले पनि केके केके भेला गरेर… सारा टालाटुली बटुलेर पुतली बनाउने कुरामा हामी छैनौँ ।’

प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल काँग्रेस—एमालेको सरकार रहने पनि बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?