Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन हुने


काठमाडौँ। संसदीय समितिले भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन आयोजना गर्ने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा यसबारे जानकारी गराइएको हो । समितिका सदस्य वीरबहादुर बलायरले बैठक आउँदो भदौको २ र ३ गते हुने जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानको उपस्थिति रहनेछ ।बैठकमा यि देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदुषण र जैविक विविधताका विषयमा छलफल हुनेछ । सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सदस्य बलायरले बताएका छन्।

बेठकको मुख्य उद्देश्य यस क्षेत्रमा पर्ने मुलुकहरुका संसदबीच साझा धारणा, संवाद र समन्वय गरी नीति तथा कानून निर्माण र दिगो विकासका ज्ञान, सीप र नविन धारणालाई आदानप्रदान गर्नु रहेको बताएका छन् । पर्वतीय मुद्दाहरुलाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चहरुमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रुपमा उठाउने संकल्प रहेको बताए।

विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण जस्ता समस्याहरुमा समाधानको खोजि गर्ने उद्देश्यले बैठक राखिएको बताएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?