Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको कानूनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उनले विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपति जनाएका हुन् । अहिले भइरहेका संरचनाहरुले गरिरहेकै क्षेत्रमा वैकल्पिक वित्त परिचालन गर्न जरुरी नरहेको समेत उनको भनाई छ । विधेयक पुरातन सोचबाट आएको उनको आरोप छ ।

सांसद् श्रेष्ठले भने,‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको यो कानूनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो । यसरी विधेयक ल्याएर हुँदैन । आइटी क्षेत्रलाई समेट्नुपर्छ । वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुनकुराहरु राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक प¥यो । सरकारले स्पष्ट पार्नुपर्छ ।’

उनले ट्रेजरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?