काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताएका छन् ।
शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको इच्छा, आकांक्षा अनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गरे । उनले स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा आफूहरुले प्रमाणित गरेको बताए ।
मुख्यमन्त्री लामाले भने, ‘स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा हामीले प्रमाणित गरेका छौँ । संघीयता आइसकेपछि रोग निवारण गर्नका लागि स्वास्थ्य मन्त्रालय, अरु मन्त्रालयहरु पनि मिलेर काम गरिरहेका छाँै । संघीयतापछि नेपाल सरकारले गरेका कामहरु धेरै छन् । जनताको इच्छा, आकांक्षाअनुसार नहोला तर पूर्ण रुपमा काम अघि बढाएका छौँ । स्वास्थ्य क्षेत्रमा अहिले धेरै सुधार भएको छ । वागमती प्रदेशको प्रादेशिक अस्पतालहरुमा धेरै नागरिकको उपचार भइरहेको छ । ’
मुख्यमन्त्री लामाले स्वस्थ भएर मात्रै सबै काम गर्न सकिने बताए ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार