Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

फिफा फुटबल फर स्कुलको भव्य समारोहबीच उद्घाटन


काठमाडौँ । करिव सात लाख विद्यार्थीको खुट्टामा बल पुर्याउने उद्देश्य राखिएको फिफा फुटबल फर स्कुलको औपचारिक शुरुवात भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार एक भव्य कार्यक्रम आयोजना गर्दै फिफा फुटबल फर स्कुलको औपचारिक रूपमा शुभारम्भ गरेको हो । चार वर्षदेखि १४ वर्षसम्मका करिब ७ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा गरिएको फिफा फुटबल फर स्कुल नेपालमा बिहीबारदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटनका गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलगायतको उपस्थित रहेको थियो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले फिफा फुटबल फर स्कुल कार्यक्रमले नेपाली फुटबल विकासमा नयाँ अध्याय शुरु हुने आशा व्यक्त गरे । आधारभुत सामग्री र प्रशिक्षण अभावका कारण फुटबलर बन्ने सपना बोकेका बालबालिकाका लागि यो कार्यक्रम महहत्वपूर्ण रहेको एन्फा अध्यक्ष नेम्वाङको भनाइ छ । उनले यो महत्वाकांक्षी कार्यक्रमबाट फिफाले युनेस्कोको सहयोगमा करिब ७० करोड बालबालिकाको खुट्टामा बल पु¥याउने अपेक्षा राखेको बताए । नेपालमा भने सात लाख विद्यार्थीको खुट्टामा फुटबल पुग्ने अपेक्षा एन्फाको छ । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई ३२ हजार ६ सय ४० वटा फुटबल प्रदान गरिँदैछ ।

फिफा फुटबल फर स्कुलको उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुत भएको थियो । विभिन्न स्कुलका बालबालिका नृत्य प्रस्तुत गरे । गायिका आस्था रावतले सांगीतिक प्रश्तुती दिएकी थिइन् । उक्त उद्घाटन समारोहमा उपस्थित ६९ वटा विद्यालयलाई २५ वटाको दरले फुटबल पनि हस्तान्तरण गरिएको थियो । उपत्यकाका १०४ वटा विद्यालय यो कार्यक्रममा सहभागी हुँदैछन् । उपत्यका बाहिर पनि छिट्टै यो कार्यक्रमअन्तर्गत फुटबल प्रदान गरिने एन्फाका महासचिव किरण राईले जानकारी दिए । यस कार्यक्रमबाट चार वर्षदेखि १४ वर्षसम्मका करिब ५÷६ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा रहेको एन्फाका महाचिव किरण राईले जानकारी दिए ।

उनले विद्यार्थीलाई फुटबलमार्पmत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्य रहेको बताए । शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यस कार्यक्रम हुने भएको छ । फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज पनि उक्त उद्घाटन समारोहमा उपस्थित थिए । एन्फाका महासचिव किरण राईले करिब १५÷१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ ।

यो कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने फिफाले लक्ष्य राखेको छ । साथै यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमका रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता सिकाउने आशा गरिएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?